+
+

सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते १९:२१

२५ भदौ, पोखरा । पोखराको सूर्यदर्शन सहकारी संस्थाका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी श्रवण बिकले जानकारी दिए ।

जिल्ला अदालत कास्कीले आइतबार सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएकामध्ये रम्तेल पक्राउ परेका हुन् भने अरुको खोजी भइरहेको डीएसपी बिकले जानकारी दिए ।

पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारीमार्फत बचतकर्ताको बचत हिनामिना गरेको भन्दै ९ सय ७१ जनाले उजुरी दिएका थिए । जाहेरी दिएकाहरुले १ अर्ब ८ करोड ११ लाख रुपैयाँ फिर्ता माग गरेका छन् ।

पोखरा महानगर ४, नालाकोमुखमा रहेको सहकारीका सञ्चालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेका र सहकारीको रकम हिनामिना तथा ठगी गरेर फरार रहेको भन्दै प्रहरीले अन्य बचतकर्ताहरूलाई जाहेरी दिन सार्वजनिक सूचना निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?