+
+

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २६ गते १२:३०

२६ भदौ, काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार छापावाल सुनको कारोबार सोमबारकै बजार मूल्यमा भइरहेको छ ।

महासंघका अनुसार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० तोकिएको छ ।

मंगलबार चाँदीको प्रतितोला मूल्य ५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ हजार ४ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएकोमा मंगलबार भने १ हजार ४०५ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?