
२६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ स्थित बालकुमारीमा रहेको आकाशे पुलमुनि रातको समयमा फोहोर फाल्ने १९ जनालाई महानगरले जरिवाना तिराएको छ ।
महानगरपालिकाको नगर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर जरिवाना तिराएको हो । जरिवानाबापत उनीहरूबाट ५० हजार ५ सय रूपैयाँ असुलिएको महानगरले जनाएको छ ।
स्थानीयको गुनासोपछि महानगर प्रहरीले सोमबार राति सो क्षेत्रमा छड्के अनुगमन गरेको थियो । सो क्रममा उनीहरूलाई नियन्त्रणपछि जरिवाना तिराएर छाडिएको महानगरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4