+
+

‘नाडा अटो शो’मा कस्ता गाडी देखिए ? (फोटो फिचर)

शंकर गिरी शंकर गिरी
२०८० भदौ २६ गते १५:५८

२६ भदौ, काठमाडौं । काडमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो-२०२३’ सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ३ वर्षपछि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १५ औं नाडा अटो शोको उद्घाटन गरेका हुन् ।

अटो शो उद्घाटन गर्दै अर्थमन्त्री महतले अर्थतन्त्रभित्र देखिएको शिथिलता हट्दै गएको दाबी गरे । उनले सरकारले गरेका प्रयासहरुको प्रभावले आर्थिक गतिशीलतामा देखिएको समस्या समाधान हुँदै गएको पनि बताए ।

नाडाका अध्यक्ष ध्रुब थापाले सरकारले गाडी आयातमा प्रतिबन्ध लगाएपछि गत वर्ष ईभीको प्रदर्शनी मात्रै गरेको बताउँदै अटो क्षेत्र मैत्री नीतिहरुको खाँचो रहेको बताए ।

अहिले अटो क्षेत्र आयातबाट देशभित्रै एसेम्बल गर्नेतर्फ अग्रसर रहेको भन्दै भन्दै यस्ता उत्पादनलाई प्रवर्द्धन गर्न सरकारबाट सहयोगको अपेक्षा व्यक्त गरे । दुई पांग्रे, चारपांग्रे सवारी देखि ब्याट्रीसम्म देशभित्रै उत्पादन भइरहेको अध्यक्ष थापाको भनाइ थियो ।

थापाले सरकारले विद्युतीय गाडीमा कर बढाएर आफ्नै नीति विपरीत कार्य गरेको भन्दै सवारी साधनान किन्दा दिइने कर्जालाई पनि कसिलो गरिएकोमा असन्तुष्टि जनाए । ‘हायरपर्चेज कर्जा सहज बनाउनपर्छ,’ उनले भने ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको मतलाई सरकारले नसु्नेको गुनासो गरे । सधैं माग राख्ने वर्गका रुपमा निजी क्षेत्रलाई हेरिएको आरोप लगाउँदै उनले सरकारकै निकायबीच समन्वय नहुँदा निजी क्षेत्र प्रताडित हुन परेको बताए ।

६ दिनसम्म चल्ने अटो शोमा १२० वटा स्टलहरु छन् । ४५ वटा सवार साधनका ब्राण्डहरु सहभागी नाडामा प्रदर्शनीमा मोटर पार्टस् र बैंकिङसहित करिब १२० वटा स्टल र ब्लकहरु रहेको आयोजकले जनाएको छ ।

प्रर्दशनीमा अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधनसहित लुब्रिकेन्ट, टायर, पार्ट-पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरुसहभागी छन्।

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट-पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुले सहभागिता छ ।

ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी व्यापक सुसूचित गराउने उदेश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सूचना–कक्ष समेत प्रदर्शनीमा छ ।

प्रदर्शनी स्थलमा आवागमन सहज बनाउन काठमाडौं मल, सैनिक कल्याणकारी भवन, बसपार्क भ्यू टावर लगायतका सार्वजनिक पार्किङ्ग स्थलहरूबाट महानगर यातायातको सहयोगमा सटल बस सञ्चालन गरिएको छ । ६ दिनसम्म चल्ने उक्त नाडा अटो शो ७५ हजार आगन्तुकहरुले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

     

 

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?