+
+

‘नातिकाजी संगीत श्रवण साँझ’मा प्रस्तुत गरियो कालजयी गीत

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते १३:२०

काठमाडौं । आधुनिक संगीतको मौलिक धारलाई पुस्तान्तरण गर्ने उद्देश्यसहित नातिकाजी संगीत श्रवण साँझ-२०८० सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाको प्रस्तुति तथा नातिकाजी स्मृति समाज र सांस्कृतिक संस्थानले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका थिए ।

उक्त सांगीतिक साँझमा नातिकाजीका २० वटा कालजयी गीत प्रस्तुत गरियो । संगीतमा नेपाली लोकभाका, लय र मौलिक शैलीलाई मिश्रण गर्न सफल संगीतकार नातिकाजीका भजन, लोक, राष्ट्रिय, फिल्म तथा आधुनिक गीत गीत प्रस्तुत गरियो ।

उक्त कार्यक्रममा नातिकाजीद्वारा संगीतबद्ध यो नेपाली शिर उचाली, नेपाली हामी रहौंला कहाँ, कालीपारी दाइ कति राम्रो, पहाड बसी वनमा खेली, फूलको थुंगा बगेर गयो, वनमा फुल्यो फूलैफूल, कस्तुरीको बास आउँछ भन्छन्, पर लैजाऊ फूलहरू, सपना भुलाइ सारा, आजै र राति, उकाली ओरालीहरुमा, यस्तो पनि हुँदोरैछ, मर्न बरु गाह्रो हुन्न, तिमी आउँछौ भन्ने आशैआशमा, तिमीले त होइन, रानी तलाउलगायत गीत प्रस्तुत गरियो ।

लोकप्रिय गायक-गायिकाहरु आनन्द कार्की, रामकृष्ण ढकाल, देविका वन्दना, शिव परियार, सुरेश लामा, माण्डवी त्रिपाठी, प्राश्ना शाक्य, निशा देशार, रचना रिमाल, विकास राणा, बेनिशा पौडेल, स्मिता दाहाल, सञ्जय तुमरुक, अन्नु चौधरी, मञ्जु थापा, पूजा देवकोटा, सुप्रिय मल्ल, मेचु धिमाल र धर्म मुनिकारले गायकी प्रस्तुत गरे ।

उक्त कार्यक्रमलाई नेपाली संगीतमा पुस्ता हस्तान्तरणको एउटा कडीका रूपमा लिइएको समाजका अध्यक्ष शम्भूजीत बास्कोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?