+
+

गणित, विज्ञान र कम्प्युटर अंग्रेजीमै पढाउनुपर्ने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते १७:४७

२७ भदौ, काठमाडौं । सरकारले नेपालका विद्यालयमा मातृभाषासँगै नेपाली, संस्कृत र अंग्रेजी भाषामा पनि पढाउन पाइने प्रस्ताव गरेको छ ।

बुधबार संघीय संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षणको माध्यमभाषा मातृभाषा, नेपाली, संस्कृत र अंग्रेजी हुने व्यवस्था गरिएको छ । तर माध्यम भाषा जे सुकै भए पनि विज्ञान, गणित र कम्प्युटर भने अंग्रेजी भाषामा नै पढाउनुपर्ने व्यवस्था विधेयकमा गरिएको छ ।

कुनै विदेशीले नेपालमा अध्ययन गर्दा नेपाली नपढे पनि हुने भएको छ । उसले नेपालीको सट्टा पाठ्यक्रममा निर्धारित भाषा अर्थात कुनै मातृभाषा, सस्कृत वा अंग्रेजी पढ्न पनि पाउनेछ ।

नेपाली मौलिक कला, संस्कृति, सभ्यता, सामाजिक रहनसहन समेटिएका सामाजिक अध्ययनका विषय नेपाली वा मातृभाषा नै पढाउनुपर्नेछ ।

विद्यालय शिक्षा विधेयकले नेपालको माध्यमिक तहमा प्राविधिक शिक्षा, साधारण शिक्षा र परम्परागत शिक्षाका धार (स्ट्रिम) मा पढाइ हुन सक्ने व्यवस्था पनि गरेको छ । परम्परागत शिक्षामा गुरुकुल, गुम्बा, आश्रम, तथा मदरसालगायतका परम्परागत शैक्षिक संस्थामा अध्ययन हुने शिक्षालाई राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?