+
+

हुम्लाबाट पोखरा उडेको हेलिकप्टर दाङमा आकस्मिक अवतरण

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २८ गते ७:१०

२८ भदौ, दाङ । हुम्लाबाट पोखराका लागि उडेको कैलाश एक हेलिकप्टर दाङ देउखुरी पुगेको छ ।

कैलाश कम्पनीको हेलिकप्टर बुधबार बेलुका सवा सात बजे राप्ती गाउँपालिकाको लालमटियास्थित आदर्श नमूना माविको प्रांगणमा अवतरण गरेको थियो ।

खराब मौसमका कारण पोखरा अवतरण गर्न नसकेर हेलिकप्टर दाङ देउखुरीमा आकस्मिक अवतरण गरेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । उक्त हेलिकप्टरमा पाइलटसहित पाँच जना रहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले जानकारी दिए ।

उनीहरु हुम्लाबाट हेलिकप्टर बुकिङ गरेर पोखरा जान लागेका थिए । बुधबारको रात दाङ देउखुरीमा बिताएका उनीहरु बिहीबार बिहान पोखरा प्रस्थान गर्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?