+
+

सानिमा बैंकले १४.७० प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २८ गते १७:५०

२८ भदौ, काठमाडौं । सानिमा बैंकले सेयरधनीलाई १४.७० प्रतिशत लाभांश दिने भएको छ ।

२८ भदौ बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी ५.७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बताए ।

बैंकले १७.७ प्रतिशत भन्दा बढी लाभांश बाँड्न सक्ने क्षमता भएपनि १४.७ प्रतिशत मात्रै लाभांश दिने भएको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?