+
+

शुक्रबारदेखि हलमा लागे ‘एक भगवत् र एक गीता’ र ‘नांगो गाउँ’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते ११:४०

काठमाडौं । भारतीय फिल्म ‘जवान’को दबदबा कायम रहँदा शुक्रबारदेखि दुई नेपाली फिल्म रिलिज भएका छन् । दयाहाङ राई र मिरुना मगर स्टारर ‘नांगो गाउँ’ र विपिन कार्की अभिनित ‘एक भगवत् र एक गीता’ प्रदर्शनमा आएका हुन् ।

गाउँको राजनीतिलाई कथावस्तु बनाएको ‘नांगो गाउँ’लाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । दयाहाङ र मिरुनासहित फिल्ममा शिशिर बाङ्देल, कार्म, साम्राज्ञी शाह, बुद्धि तामाङ र रविन्द्र झाको शीर्ष भूमिका छ ।

इमान्दार शिक्षक पासाङ (दयाहाङ) गाउँको विद्यालयलाई सुधार्न चाहन्छ । तर गाउँमा चुनावी माहोल सुरु भएपछि उसलाई आफ्नो योजना पूरा गर्न कठिन हुन्छ । गाउँको अध्यक्ष जरी (शिशिर बाङ्देल)ले चुनाव जितेर देखाउन पासाङलाई चुनौती दिन्छ । यदि पासाङ आफूले जितेमा गाउँबाट भ्रष्टाचार निर्मूल पार्ने बताउँछ । गाउँमा हुने चुनाव कसले जित्ला ? यसबारे थाहा पाउन फिल्म नै हेर्नुपर्छ ।

फिल्मको लम्बाइ दुई घण्टा २८ मिनेट छ । यो फिल्मलाई सोसल ड्रामा र पोलिटिकल कमेडी जनरामा राखिएको छ ।

शुक्रबारदेखि नेपालभर अर्को सोसल-ड्रामा फिल्म ‘एक भगवत् र एक गीता’ पनि रिलिज भएको छ । झरना थापा निर्देशित यो सामाजिक कथामा आधारित फिल्ममा विपिन कार्की, सुहाना थापा र धीरज मगरको शीर्ष भूमिका छ । ‘एक भगवत् र एक गीता’को लम्बाइ दुईघण्टा २० मिनेट तय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?