+
+

६० किलो सुन प्रकरणको मुद्दा आइतबार मात्र दर्ता हुने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १४:४७

२९ भदौ, काठमाडौं । ब्रेक सुमा राखेर ६० किलो सुन तस्करी गरेको आरोप लागेकाहरुमाथि काठमाडौं जिल्ला अदालतमा आइतबार मात्रै मुद्दा दर्ता हुने भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा  ५० जनालाई प्रतिवादी बनाएको छ । यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् ।

पक्राउ परेका ३२ जना मध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबीले सिफारिस गरेको छ ।

सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन गत बुधबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । त्यो प्रतिवेदनमाथि सरकारी वकिल र सीआईबीबीच थप छलफल चलिरहेकाले आइतरबार मात्रै मुद्दा दर्ता हुने श्रोतले जनाएको छ ।

प्रतिवादीहरुलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?