+
+

कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु : व्यवस्थापकीय कमजोरी भएको निष्कर्ष

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १७:१६

२८ भदौं, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षीया बालिका रेजिशा गोपालीको निधनमा कान्ति बाल अस्पतालको कमजोरी भएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले गोपालीको मृत्यु हुनुमा आकस्मिक कक्षमा उपचार लागि खटिएका जनशक्तिको संवेदनशीलता र व्यवस्थापकीय कमजोरी जिम्मेवार रहेको बताएका छन् ।

भदौ १८ गते बेलुका उपचारका अस्पताल पुगेकी मकवानपुर स्थाथी ठेगाना भई हाल काठमाडौं महानगरपालीकाको बाफल बस्ने गोपालीको आकस्मिकमा उपचारका क्रममा मृत्यु भएपछि तीन सदस्य छानबिन समिति गठन भएको थियो ।

उक्त छानबिन समितिलाई पाँच दिनको समय दिइएको थियो । त्यसले आफ्नो प्रतिवेदन पेस गरिसकेको जानकारी दिए ।

आकस्मिक कक्षमा खटिएका स्वास्थ्यकर्मीले संवेनशीलता नदेखाउनु र तत्काल सुधारका बाटोहरूलाई कार्यन्वयन गर्न नसकेका विभिन्न व्यवस्थापकीय कमजोरी नै त्यस्ता प्रकृतिका घटनाका लागि जिम्मेवार रहेको बताएका हुन् ।

‘प्रतिवेदनले अस्पतालको आकस्मिक कक्षमा खटिएका जनशक्तिकै भरमा पनि विषयवस्तुप्रति जुन तहको संवेदनशीलता प्रदर्शन हुनुपथ्यो, त्यो गर्न नसकिएको तितो यर्थाथले हामीलाई सधैँ झकझक्याउने उल्लेख गर्दै अस्पतालले विगतदेखि महसुस गरेका तर तत्काल सुधारका बाटोहरूलाई कार्यन्वयन गर्न नसकेका विभिन्न व्यवस्थापकीय कमजोरी नै उपरोक्त प्रकृतिका घटनाका लागि जिम्मेवार रहेको निष्कर्ष पेस गरेको छ,’ प्रचण्डले भने ।

सोही समितिले बुझाएको प्रतिवेदनले अस्पतालले आफ्नो तहबाट गर्न सकिने सुधारको थालनी तत् समयबाट गरिसकेको र अझै गर्नुपर्ने सुधारका निम्ति आफ्नो पहल कदमीले मात्र सम्पादन गर्न नसक्ने कार्यका लागि तालुक निकायको सहयोगको अपेक्षा गरेको उल्लेख गरिएको उनले बताए ।

‘सरकारका तर्फबाट यस्ता घटनामा दोषी पाइए कारबाहीको दायरामा ल्याइने तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन थप कदम चालने विश्वास समेत म यस सम्मानित सदन समक्ष दिलाउन चाहान्छु’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?