+

कान्ति बाल अस्पतालको पूर्वाधारमा सहयोग गर्न कतारसँग मन्त्री पौडेलको आग्रह

२०८१ पुष  ३ गते १७:१९ २०८१ पुष ३ गते १७:१९
कान्ति बाल अस्पतालको पूर्वाधारमा सहयोग गर्न कतारसँग मन्त्री पौडेलको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशमा बालबालिकाको उपचार हुने विशिष्टिकृत अस्पताल कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग आग्रह गरेका छन् ।

नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँगको भेटमा मन्त्री पौडेलले बालबालिकाको उपचार हुने देशकै ठूलो सरकारी अस्पतालमा पूर्वाधार विकासमा मित्रराष्ट्र कतारको सहयोगको अपेक्षा गरेको बताए ।

कान्ति बाल अस्पतालमा भवनसहितका संरचना र पूर्वाधार विकास गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डीपीआर निर्माण गरेर योजना अघि बढाएको छ ।

कतारको विकासमा नेपाली नागरिकको योगदान रहेको चर्चा गर्दै मन्त्री पौडेलले कतारले समेत नेपालको विकासमा साथ दिएकोमा खुसी व्यक्त गरे । राजदूत अन्सारीले दुई देशबीचको सम्बन्ध असल रहेको भन्दै सहयोगका क्षेत्र विस्तार गर्न चाहेको बताए ।

कतार सरकारको सहयोग संस्था कतार च्यारिटीले नेपालमा स्वास्थ्य क्षेत्रमा सहयोगका लागि समेत काम गरिरहेको राजदूत अन्सारीले बताए । उनले नेपाली बालबालिकाको स्तरीय उपचार सेवाका लागि कान्ति अस्पतालका लागि सहयोग गर्न सकारात्मक रहेको बताए ।

कान्ति बाल अस्पताल प्रदीप पाैडेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय