+
+

गोरखामा बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३० गते १७:१०

३० भदौ, गोरखा । गोरखामा शनिबार भएको दुई छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

गोरखा–भच्चेक सडकखण्डको सिरानचोक गाउँपालिका–४ अमराइमा शनिबार बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २७ बर्षका रामलाल कुमाल रहेको प्रहरीले जनाएको छ ।

भच्चेक बजारबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको ग १ ख ९७३६ नम्बरको बस र विपरीत दिशातर्फ जादै गरेको ग ७ प १५१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका कुमालको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको डीएसपी रमेशकुमार श्रेष्ठले बताए । बस चालक गोरखा नगरपालिका–९ का रेशम गुरुङ र बसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै गोरखा नगरपालिका–३ नारेश्वरमा शनिबार बिहान ट्याक्टर दुर्घटनामा चार जना घाइते भएका छन् । घाइते हुनेमा ट्याक्टर चालक पालुङटार नगरपालिका–९ मिरकोटका महेश थापा र ट्याक्टरमा सवार सप्तरी घर भई हाल नारेश्वर बस्ने रामबिलास यादव रहेका छन् ।

त्यस्तै पैदलयात्री नारेश्वरका ७४ बर्षीय भुवनबहादुर थापा र ५० बर्षीय भोजराज ढकाल पनि घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागी काठमाडौं पठाइएको छ ।

ट्याक्टर चालक थापा र ट्याक्टरमा सवार यादव भने गोरखा अस्पतालमा उपचार पश्चात डिस्चार्ज भइसकेको डीएसपी श्रेष्ठले बताए ।

उनका अनुसार वालुवा बोकेर गोरखा सदरमुकामबाट नारेश्वर जाँदै गरेको ना ५ त ६०७७ नम्बरको ट्याक्टरको अगाडीको दुईवटै टायर पड्किएर अनियन्त्रित भइ सडकको नालामा पल्टिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?