+
+

नाडामा महिन्द्राका लोकप्रिय गाडीका नयाँ भर्सन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते ९:३१

३१ भदौ, काठमाडौं । नेपालमा कमर्सियल गाडीहरुको बिक्रीमा आफ्नो छुट्टै पहिचान बनाएको अग्नि ग्रुपले नाडा अटो शो २०२३ मा महिन्द्राका चारवटा नयाँ गाडीहरु सार्वजनिक गरेको छ । अटो शोमा महिन्द्राका कमर्सियल प्यासेन्जर सेगमेन्टमा निकै रुचाइएका स्कोरपियो क्लासिक, स्कोरपियो एन, एक्सयूभी ७०० र एक्सयूभी ३०० प्रदर्शन गरिएको छ ।

अग्निका सेल्स म्यानेजर अनुप श्रेष्ठका अनुसार नाडामा महिन्द्राका गाडीमा उपभोक्ताको आकर्षण निकै राम्रो पाइएको छ । अटो शोको चौथो दिनसम्म महिन्द्राका गाडीहरुको बिक्री तथा बुकिङ राम्रो भएको उनले बताए ।

उत्कृष्ट विशेषता, सुरक्षामा विश्वकै पाँचतारे रेटिङ जस्ता कारणले महिन्द्राका गाडीमा उपभोक्ता झुम्मिएको श्रेष्ठले बताए । ‘नाडामा महिन्द्राका गाडीहरुको बुकिङ उल्लेख्य छ,’ श्रेष्ठले भने, ‘महिन्द्राका गाडीको मजबुत सुरक्षा विशेषताका कारण पनि हाम्रा गाडीहरुमाथि उपभोक्ताको विश्वास धेरै छ ।’

स्कोरपियो  क्लासिक

सन् २०२२ को अन्तिममा विश्व बजारमा लन्च गरिएको यो स्कोरपियो यसअघिको मोडलको तुलनामा ब्याकलाइट, फ्लड लाइट, डीआरएलमा परिवर्तन गरी झनै आकर्षक बनाएर बजारमा ल्याइएको छ ।

यही सेगमेन्टको बिग ड्याडी पनि भनिने फरक भेरियण्टको स्कोरपियो पनि नाडाको आकर्षण भएको सेल्स म्यानेजर अनुप श्रेष्ठले बताए । नयाँ स्कोरपियोको मूल्य टु ह्वील ड्राइभमा ८१ लाख ५० हजारबाट सुरु हुन्छ भने फोर ह्वीलरको मूल्य ९० लाखबाट सुरु हुन्छ ।

यो जेड ५ र जेड ८ दुवै भेरियन्टमा आउँछ । श्रेष्ठका अनुसार यसअघिका सबै उच्चस्तरीय विशेषताका अलवा सुरक्षा फिचर्समा निकै रुपान्तर गरेर यी स्कोरपियो नेपाली बजारमा आएका छन् ।

मूल्य ८१ लाख ५० बाट सुरु
इन्जिन २१८४ सीसी, ४ सिलिण्डर इनलाइन/४भेल्भेस सिलिण्डर,डिओएचसी,
इन्जिन प्रकार २.२ लिटर, एमएचकेडब्लुके
गियर ६ म्यानुअल
सीट
इन्धन डिजेल
अधिकतम् पावर १३० बिपिएच एट ३७५० आरपीएम
ग्राउण्ड क्लियरेन्स २०९ एमएम

स्कोरपियो एन


महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपले बजारमा ल्याएको नयाँ स्कोरपियो पनि नाडा अटो शोको नयाँ आकर्षण हो । कम्पनीका अनुसार यस पटकको अटो शोमा यो स्कोरपियोको बिक्री बुकिङ राम्रो छ ।

मूल्य ९० लाख देखि १ करोड २४ लाखसम्म
भेरियन्ट जेड ४ एमटी, जेड ८ एमटी, जेड ८ सबैमा फोरह्विल ड्राइभ
इन्जिन २.२ लिटर, सीआरडीआई डिजेल
गियर
सीट
इन्धन डिजेल
अधिकतम् पावर १३० बिपिएच एट ३७५० आरपीएम
ग्राउण्ड क्लियरेन्स १८७ एमएम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?