+
+

चोकोफनको नयाँ विज्ञापन अभियान सुरू

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते १३:०२

काठमाडौं । सुजल फुड्स प्रालिले आफ्नो उत्कृष्ट उत्पादन चोकोफनको नयाँ बिज्ञापन अभियान सुरु गरेको छ ।

‘वन्ली चोकोफन’ भन्ने सन्देश बोकेको यस विज्ञापन अभियानलाई आकर्षक ढंगले देशभर विभिन्न माध्यम मार्फत प्रस्तुत गरिएको छ ।

चोकोफन देशकै पहिलो र ओरिजिनल चकलेट वेफर हो र यसको मिठो स्वाद हरेक बालबालिकाहरुको मनमनमा बसेको छ र विगत दुई दशकभन्दा बढीदेखि आफ्ना हरेक ग्राहक वर्गमा मिठास छर्दै आएका छ ।

यस विज्ञापन अभियान मार्फत बालबालिकाहरुको हरेक रमाइला पलहरुलाई ‘वन्ली चोकोफन’ को साथले मात्र पूर्णता मिल्दछ भन्ने सन्देश दिइएको छ ।

बालबालिकाहरुको विभिन्न रमाइला पलहरुमा चोकोफनको साथले थप खुशी र आनन्द प्राप्त हुन्छ र यसरी उनीहरुको रामाइलो र खुशीको अभिन्न अंगको रुपमा ‘वन्ली चोकोफन’ छ भन्ने अभिप्राय बोकेको यस विज्ञापन अभियानको प्रवर्धन टेलिभिजन, रेडियो, डिजिटल मिडिया तथा सामाजिक सञ्जाल मार्फत प्रवाह गरिएको छ ।

बालबालिकाहरुले यस विज्ञापनलाई आफ्नो वास्तविक बाल्यकालसँग चित्रण गर्ने छन् ।

उनीहरुको दैनिकी जीवनमा हुने विभिन्न मिठा पलहरुलाई नै समेटेर ‘वन्ली चोकोफन’ को टेलिभिजन विज्ञापनमा देखाइएको छ, जुन बालबालिकाहरुको हरेक रमाइला पलहरुलाई चोकोफनको मिठासले पूर्ण तुल्याउँदछ ।

विज्ञापनमा बालबालिकाहरु एक अर्कासँग रमाइलो गरिरहेको, चोकोफनको उत्कृष्ट स्वादमा मग्न भएको साथै ‘वन्ली चोकोफन’ नै उनीहरुको सफलताको मिठास बनेको पनि प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?