+
+

‘पठान’को रेकर्ड तोड्दै ‘जवान’ बन्यो छिटो ४०० करोड कमाउने फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते १६:३९

काठमाडौं । शाहरुख खान स्टारर ‘जवान’ले भारतीय बक्स अफिसमा तरंग मच्चाएको छ । फिल्मले नौ दिनमा ४१० करोड भारु कमाइ गरेको छ । ‘वान नेसन–एक इमोसन’को भावसहित यो फिल्मले उत्तर र दक्षिण भारतबीचको खाडललाई पुरेको र एउटै धागोमा बुनेको विश्लेषण भारतीय मिडियाले गरेका छन् ।

फिल्म रिलिज भएको दिन चेन्नईका सबै थिएटर हाउसफुल थिए । धेरै ठाउँमा शाहरुखको पोस्टर दूधले नुहाइएको थियो । वर्षौंपछि दक्षिण भारतमा हिन्दी फिल्म स्टारको यस्तो क्रेज देखियो ।

एकातिर बलिउडको स्टारडम र मेगा बजेट भने अर्कोतिर साउथ उद्योगको जीवन्त स्टाइल र जबर्जस्त एक्सन दृश्य ‘जवान’को सफलताको कारण हो ।

शाहरुख एक मात्र स्टार हुन् जसको एकै वर्षमा रिलिज भएका दुई फिल्मले ४०० करोड भारुको आँकडा पार गरे । भारतीय फिल्म विश्लेषक तरण आदर्शका अनुसार ‘जवान’ले प्रदर्शनको ११ दिनमै ४०० करोड भारु कमाएको छ । ‘पठान’लाई यो आँकडा पार गर्न १२ दिन लागेको थियो ।

‘पठान’ र ‘जवान’ को आधारमा शाहरुख सबैभन्दा धेरै कमाउने अभिनेताको पहिलो स्थानमा पुगेका छन् । दुवै फिल्मले करिब ९५३ करोड भारु कमाएका छन् । सन् २०१९ मा अक्षय कुमारका चार फिल्मले एकसाथ ७५७ करोड भारु कमाएका थिए । अब उनी यो सूचीमा दोस्रो स्थानमा झरेका छन् ।

‘जवान’ले ७५ करोड भारु कमाएर हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा ठूलो ओपनिङ गरेको छ । यसअघि यो कीर्तिमान ‘पठान’ (५७ करोड) को नाममा थियो ।

‘जवान’ ले पहिलो साता ३९१ करोड भारु कमाएको थियो भने ‘पठान’ले ३६४ करोड कमाएको थियो । ‘जवान’ले पहिलो सप्ताहन्तमा २८६ करोड भारु कलेक्सन गरेको थियो । यसअघि ‘पठान’को रेकर्ड २८१ करोड भारु थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?