+
+

रिपुमर्दिनी पेट्रोल स्टेसनमा हिमालयन बैंकको डिजिटल भुक्तानी काउन्टर

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते १७:१४

काठमाडौं । हिमालयन बैंक लिमिटेडले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेसनमा डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ ।

२७ भदौ बुधबारका दिन उक्त काउन्टरको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी उज्वल राजभण्डारी र सैनिक कल्याणकारी कोषका सहायक रथि किरण केसीले संयुक्त रुपमा गरेका छन् ।

पेट्रोल स्टेसनमा आउने ग्राहकको सुविधालाई मध्यनजर गर्दै उक्त काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

सो पेट्रोल स्टेसनबाट सवारीसाधनमा इन्धन भरेबापत ग्राहकहरूले विभिन्न बैंकको मोबाइल बैंकिङ एपमा रहेको नेपाल पे क्यूआर तथा सबै बैंकबाट जारी भएको एटीएम कार्ड मार्फत पीओएस मेसिनबाट सहजै भुक्तानी गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?