+
+

५० हजार मेट्रिक टन चिनी माग्दै नेपालले लेख्यो भारतलाई पत्र

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते १८:३४

३१ भदौ, काठमाडौं । सरकारले ५० हजार मेट्रिक टन चिनी माग्दै भारत सरकारलाई पत्र लेखेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीका अनुसार ५० हजार मेट्रिक टन चिनी समेत माग गरिएको  हो ।

उनका अनुसार दशैं, तिहार, छठ लगायतका चाडपर्वको समयमा  चिनी अभाव हुन नदिन सरकारले भारत सरकारसँग चिनी माग गरेको हो ।

‘जी–२० सम्मेलनका कारण नेपालले गरेको पत्राचारको बारेमा हेर्न नपाइएको अनौपचारिक जानकारी आएको छ’ सचिव मरासिनीले भनेका छन् ।

साथै, १ लाख मेट्रिक टन चामल र १० लाख मेट्रिक टन धान माग गरिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?