+
+

सोलुखुम्बुको नाम्चेमा नबिल बैंकको शाखा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते १९:३८

काठमाडौं । नबिल बैंक लिमिटेडले २६५ औं शाखा सोलुखुम्बुको नाम्चेमा सञ्चालनमा ल्याएको छ । बैंकिङ पहुँच विस्तार तथा दुर्गम क्षेत्रमा शाखा विस्तार गर्ने रणनीतिक अनुसार नाम्चेमा शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र स्थानीय पूर्ववडाध्यक्ष छिरिङ फेन्जो शेर्पाले संयुक्त रुपमा उक्त शाखा कार्यलय उद्घाटन गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष पौड्यालले नाम्चेमा नबिलको व्यवसाय विस्तार मात्रै नभई समुदाय स्तरमा काम गर्ने ध्येय रहेको बताए ।

पूर्ववडाध्यक्ष शेर्पाले यस क्षेत्रमा नबिल बैंकको उपस्थितिले खुसी तुल्याएको बताए । उनले स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए ।

नबिल बैंकका सीईओ ढुंगानाले नाम्चे क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?