+
+

अर्थ मन्त्रालय फर्किए सचिव पुष्कर

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते २१:५२

३१ भदौ, काठमाडौं । सरकारले सचिव कृष्णहरि पुष्करलाई पुनः अर्थ मन्त्रालयमा फिर्ता ल्याएको छ । शुक्रबार बसेको बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यालय  सरुवा गर्दै अर्थ मन्त्रालयको अर्थ सचिवमा पुष्करलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

२० वैशाख २०८०मा पोखरेल अर्थ सचिव भएका थिए । पोखरेलले ४ महिनामा मात्रै अर्थ सचिवका रुपमा काम गर्न पाए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार पुष्करलाई दोस्रोपटक अर्थ सचिव पदमा जिम्मेवारी दिइएको हो । उनी यसअघि २६ साउन २०७९मा पनि अर्थसचिव नियुक्त भएका थिए ।

पुष्कर २१ पुस २०७९मा अर्थ मन्त्रालयको सचिवबाट सरुवा भएर प्रधानमन्त्री कार्यालयमा सरुवा भएका थिए । त्यसलगत्तै उनी सामान्य प्रशासन मन्त्रालयको सचिव बनेका थिए ।

गत ७ भदौमा विनोदप्रकाश सिंहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी पाएपछि पुष्कर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएका थिए । सामान्य प्रशासनमन्त्रीमा अनिता देवी नियुक्त भएलगत्तै पुष्करलाई सरुवा गराएकी थिइन् ।

तर, उनी लामो समय आकर्षक मन्त्रालयबाहिर बस्नु परेन । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि अनाधिकृत व्यक्तिमार्फत करको दर हेरफेर गरेको आरोप लाग्दा कृष्णहरि पुष्कर राजस्व सचिव थिए । विवाद उत्कृर्षमा पुगेपछि मधु मरासिनी विदा बसे भने शर्माले राजीनामा दिए ।

तर, पुष्कर त्यतिबेला पनि राजस्व सचिवमा रहिरहेका थिए । अर्थ सचिव बन्ने पुष्करको चाहाना संसदीय छानविन पनि अर्थ मन्त्रालय फर्किएका तत्कालीन अर्थमन्त्री शर्माले पूरा गरिदिएका थिए । १९ साउन २०७९ को मन्त्रिपरिषद् बैठकले उनलाई तत्कालका लागि भन्दै अर्थ सचिवको जिम्मेवारी पनि थपिदिएको थियो । त्यसको एकसाता पछि उनी अर्थ सचिवमै नियुक्त भएका थिए ।

२४ असार २०७८ मा मात्रै सचिवमा बढुवा भएका पुष्कर डेढ महिनामै उनी राजस्व सचिवका रुपमा अर्थ मन्त्रालयमा भित्रिएका थिए । शक्ति केन्द्र रिझाएर लगातार छलाङ हान्दै आएका उनले राजस्व सचिव भएको एक वर्ष पुग्दा नपुग्दै अर्थ सचिव बन्ने मौका पाएका थिए । उनै पुष्कर अहिले अर्थसचिवमा दोहोरिने भाग्यमानी सावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?