+
+

नेपाली युवकसँग बलिउड अभिनेत्रीको इन्गेजमेन्ट

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १ गते १३:४०

काठमाडौं । बलिउड फिल्म ‘जुगजुग जियो’की अभिनेत्री प्रजक्ता कोलीले नेपाली प्रेमी वृशांक खनालसँग इन्गेजमेन्ट गरेकी छन् । १२ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले आइतबार आफूहरुबीच इन्गेजमेन्ट भएको जनाएका छन् ।

भारतमा ‘मस्टली सेन’ नामक युट्युबरको रुपमा चर्चित कोलीले यस वर्ष रिलिज भएको हिन्दी फिल्म ‘जुगजुग जियो’मा अभिनेता वरुण धवनकी बहिनीको भूमिका निर्वाह गरेकी छन् ।

इन्स्टाग्राममा इन्गेजमेन्ट औंठीसहित वृशांकसँगको रोमान्टिक तस्वीर सेयर गर्दै कोलीले लेखेकी छन्, ‘वृशांक खनाल अबदेखि मेरो पूर्वप्रेमी ।’ वृशांकले पनि इन्स्टाग्राममा उनीसँगका रोमान्टिक तस्वीर सेयर गरेका छन् । यो जोडीलाई थुप्रै फ्यानले शुभकामना दिइरहेका छन् ।

बलिउड अभिनेता तथा प्रजक्ताका को–स्टार अनिल कपुरले पनि हार्ट–इमोजी प्रस्तुत गर्दै बधाई भन्दै कमेन्ट गरेका छन् । वरुण धवनले केही रेड हार्टसहितको कमेन्ट गरेका छन् । सान्या मलहोत्रा, मनिष पौल, रोहित सर्राफ, नेहा कक्कर, सारा तेन्दुलकर, कुसा कापिला, अरमान मलिक, आतिथ्या सेट्टी, भारती सिंह, लिली सिंह, सञ्जना सांगी लगायतले पनि मीठो सन्देश दिएका छन् ।

यी दुवै जना अहिले अमेरिकामा छन् । वृशांकले अमेरिकामा कानुन व्यवसाय गर्दै आइरहेका छन् । काठमाडौं घर भएका वृंशाक मुम्बईमा रहँदाखेरि नै प्रजक्तासँग साथी बनेका थिए । प्रजक्ताले ‘जुगजुग जियो’बाहेक विद्या बालन स्टारर ‘नियत’ र अर्को फिल्म ‘मिसम्याच्ड’मा पनि अभिनय गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?