+
+

रेखादेखि दीपाश्रीसम्म : संविधान दिवसमा बोर्डले ११ जना चलचित्रकर्मीलाई सम्मान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १ गते १९:४४

काठमाडौं । संविधान दिवसको अवसरमा चलचित्र विकास बोर्डले ११ जना चलचित्रकर्मीलाई सम्मान प्रदान गर्ने घोषणा गरेको छ । बोर्डले सोमबार विज्ञप्ति जारी गर्दै ती चलचित्रकर्मीलाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार २०८०’ प्रदान गर्ने घोषणा गरेको हो ।

मदनकृष्ण श्रेष्ठ, विजयरत्न तुलाधर, मिथिला शर्मा, दयाराम दाहाल, मुकुन्द किशोर भट्टराई, श्याम सापकोटा, रेखा थापा, दीपाश्री निरौला, मनोज पण्डित, मीनबहादुर भाम र चलचित्रकर्मी कल्याण कोष संचालन समितिलाई पुरस्कार प्रदान गरिने जनाइएको छ ।

मंगलबार बोर्डमा आयोजना हुने संविधान दिवस समारोहमा संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुरस्कार वितरण गर्ने बोर्डले जनाएको छ ।

गत भदौ १२ गते बोर्डले राष्ट्रपति कार्यालयमा ३५ जना चलचित्रकर्मीलाई विशेष सम्मान प्रदान गरेको थियो । त्यतिबेला व्यवसायिकरुपमा सफल फिल्म बनाउने निर्माता, अन्तर्राष्ट्रियरुपमा ख्यातिप्राप्त फिल्ममेकर लगायतलाई बेवास्ता गरिएको आरोप लागेको थियो । उक्त आरोपलाई सन्तुलन मिलाउन बोर्डले पुनः ११ जना चलचित्रकर्मीलाई सम्मान प्रदान गर्ने घोषणा गरेको विश्लेषण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?