+
+

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते १७:४०

२ असोज, काठमाडौं । बुधबारदेखि लागू हुनेगरी जिउँदो ब्रोइलर कुखुराको मूल्य पुनः बढाइएको छ ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको मंगलबारको बैठकले जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य बढाउने निर्णय गरेको हो ।

संघका सचिव देव गिरीका अनुसार जिउँदो ब्रोइलरको कोल्ड स्टोर खरिद मूल्य किलोमा १० रुपैयाँले बढाउने निर्णय भएको छ । नयाँ निर्णयअनुसार अब जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य २८० रुपैयाँ पुगेको छ । पछिल्लो ८ दिनमा यो मूल्य वृद्धि तेस्रो पटक हो ।

२५ भदौमा संघले कुखराको प्रतिककेजी मूल्य २५० रुपैयाँबाट बढाएर २६० रुपैयाँ पुर्‍याएको थियो । त्यस लगत्तै २७ भदौमा पुनः किलोमा १० रुपैयाँले बढाएर ब्रोइलरको कोल्ड स्टोर मूल्य २७० रुपैयाँ पुर्‍याइएको थियो ।

पछिल्लो पटक मूल्यवृद्धि भएको ६ दिनपछि संघले पुनः ब्रोइलरको मूल्य १० रुपैयाँ बढाएको हो । व्यवसायीहरुकाअनुसार जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपैयाँले बढ्दा तयारी मासुको मूल्य किलोमा १५ रुपैयाँले बढ्छ ।

२७ भदौको मूल्य वृद्धिपछि बजारमा तयारी ब्रोइलर कुखुराको मासुको मूल्य ३९० रुपैयाँदेखि ४१५ रुपैयाँसम्म पुगेको राष्ट्रिय मासु व्यवसायी संघले जनाएको छ ।

मंगलबारको जिउँदो ब्रोइलरको मूल्य वृद्धिको असर पनि अब तयारी मासुको मूल्यमा देखिने संघको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?