+
+

कर्णालीका मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार र प्रेस विज्ञ नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३ गते ६:५५

३ असोज, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको जनसम्पर्क सल्लाहकारमा हरिमाया शर्मा (आशा) नियुक्त भएकी छिन् ।

मंगलबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले सुर्खेतकी शर्मालाई जनसम्पर्क सल्लाहकार (विज्ञ)मा नियुक्त गरेको प्रदेश सरकारका प्रवक्ता एवंम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

सल्लाहकारमा नियुक्त भएकी शर्मा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् । उनी गत २०७९ को निर्वाचनमा समानुपातिकतर्फ प्रतिनिधि सभाको उम्मेदवार थिइन् ।

यसैगरी, मुख्यमन्त्री शर्माको प्रेस सल्लाहकार (विज्ञ) मा सल्यानका प्रतीक इच्छुक शर्मालाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको प्रवक्ता जिसीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?