+
+

नागरिकसामु देख्न सक्ने र छुन सक्ने अवस्थामा उभिएका छौं : मुख्यमन्त्री पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३ गते ११:४३

३ असोज, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आम नागरिकले अनुभव गर्न सक्ने गरी काम गरेको बताएका छन् ।

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले संघीय शासन प्रणाली नयाँ अभ्यास भए पनि नागरिकसामु देख्न सक्ने, छुन सक्ने गर्ने अवस्थामा सरकार उभिएको बताएका हुन् ।

साथै, उनले गण्डकी प्रदेश सरकार नेपालको संविधानको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्त बमोजिम संघीयता कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताए ।

यसका लागि अन्तर प्रदेश मुख्यमन्त्री बैठक गरेर संघीयतालाई सबलीकरण गर्न १७ बुँदे साझा धारणा जारी गरिसकेको स्मरण गरे ।

संघीयता कार्यान्वयनका लागि प्रदेश समन्वय परिषद्ले प्रदेश र स्थानीय तहका साझा समस्या र चुनौतीहरु पहिचान गर्दै कानून तर्जुमा, साझा अधिकारका सूची कार्यान्वयनमा देखिएका समस्या तथा अन्तर तह समन्वयका सुझावलाई कार्यान्वयनका लागि संघीय सरकारसमक्ष अनुरोध गरिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?