+
+

सीटीईभीटी र नेविसंघबीच १२० जनालाई नि:शुल्क पढाउने सहमति

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३ गते १२:०२

३ असोज, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभिटी) र नेपाल विद्यार्थी संघबीच ८० पालिकाका १२० जनालाई छात्रवृत्ति उपलब्ध गराउने सहमति बनेको छ ।

परिषद्का तीनवटा आंगिक क्याम्पसमा पठनपाठन, खाना र आवास नि:शुल्क हुने गरी सीटीईभीटी र नेविसंघबीच सहमति भएको छ ।

विकट जिल्लाका ८० पालिकाका दलित, मुस्लिम, विपन्न र सीमान्तकृतलाई विशेष छात्रवृत्तिका उपलब्ध हुने भएको छ । छात्रवृत्ति डिप्लोमा इन फार्मेसी अध्ययन गर्नेले प्राप्त गर्नेछन् ।

आगामी आर्थिक वर्षबाट थप आंगिक शिक्षालयबाट प्रमाणपत्र नर्सिङ कार्यक्रम सञ्चालनका लागि टोली बनाइ अध्ययन गर्ने दुई पक्षबीच सहमति बनेको छ । परिषदबाट सञ्चालित परीक्षाको ट्रान्सक्रिप्ट प्रदेश कार्यलयबाट वितरणको व्यवस्था गरिने सहमति भएको छ ।

सहमतिमा परिषद्का तर्फबाट निर्देशक रामहरि देवकोटा, विनोद बडाल, टैलेन्द्र आचार्य र उप निर्देशक एकराज अधिकारीले हस्ताक्षर गरेका छन् ।

नेविसंघबाट परिषद् संयोजक शुसिल खड्का, सहसंयोजक कर्णबहादुर ओली, उत्तम खड्का र नेविसंघ केन्द्रीय सदस्य युङ्जोर कार्कीले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?