+
+

स्पारो एसएमएस रिब्रान्डिङ, के छन् नयाँ विशेषता ?   

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३ गते १९:४१

काठमाडौं । स्पारो एसएमएसले आफ्ना एसएमएस सेवाका अतिरिक्त भ्वाइस र भाइबर बिजनेस मेसेजिङ सेवाहरू आफ्नो प्लाटफर्ममा जोडेको छ।

यी सेवाहरूको बढ्दो मागलाई सम्बोधन गर्दै स्पारो एसएमएसले विश्वव्यापी स्तरमा एसएमएस र इन्टरप्राइज मेसेजिङ प्लेटफर्महरू सुरु गर्ने तयारी गरिरहेको जनाएको छ।

उक्त सेवा विस्तारको उद्देश्य स्पारोको प्लाटफर्मको दक्षता र विश्वसनीयता अब नेपालबाहिर र विश्वव्यापी प्रयोगकर्ताहरु माझ पुर्‍याउनु रहेको कम्पनीले जनाएको छ ।

किन रिब्रान्डिङ ?

स्पारो एसएमएसले १३ वर्षभन्दा लामो समयदेखि नेपालमा एसएमएस सेवा प्रदायकको रूपमा काम गर्दै आएको छ । पर्याप्त प्राविधिक विकास र सूचना प्रविधि क्षेत्रमा उत्कृष्ट स्टार्टअप र व्यवसायहरुको विस्तारको सन्दर्भमा स्पारो एसएमएसले विभिन्न कम्युनिकेसन च्यानलहरू एकीकृत गर्न सक्षम इन्टरप्राइज मेसेजिङ प्लाटफर्मको आवश्यकता महसुस रहेको जनाएको छ ।

जसले एक परम्परागत एसएमएस सेवा प्रदायकबाट बृहत् इन्टरप्राइज मेसेजिङ प्लाटफर्ममा रूपान्तरण गरी रिब्रान्डिङका साथ अगाडि बढ्न प्रेरित भएको कम्पनीले जनाएको छ । रिब्रान्डिङपछि प्रयोगकर्ताहरूलाई आवश्यक कम्नुनिकेशनका टुलहरु मार्फत अझै स्तरीय सेवा प्रदान गर्ने विश्वास लिएको कम्पनीले जारी गरेको प्रस विज्ञप्तिमा उल्लेख छ ।

रिब्रान्डिङले स्पारो एसएमएस र यसका प्रयोगकर्ताहरूलाई थप आकर्षक सेवाहरु प्रदान गर्ने कम्पनीको दाबी छ । एउटा नयाँ र आकर्षक ब्रान्ड लुक्सले स्पारो एसएमएसको एक इन्टरप्राइज मेसेजिङ कम्पनीको रूपमा भएको रुपान्तरण प्रतिबिम्बित उल्लेख गरेको छ ।

स्पारोको नयाँ लोगोले एसएमएस, भ्वाइस र इन्स्ट्यान्ट मेसेजिङमा स्पिड, दक्षता र विश्वसनीयतालाई प्रतिनिधित्व गर्ने जनाएको छ । यस्तै नयाँ स्वरुपमा डिजाइन गरिएको वेबसाइटले आवश्यक जानकारी खोज्न र सेवाहरू प्रयोग गर्न सजिलो बनाउने दाबी गरेको छ ।

रूपान्तरणपछि कम्पनीले मल्टी च्यानल कम्युनिकेसन प्लेटफर्म ल्याएको कम्पनीले जनाएको छ । यस्तै नयाँ सेवाहरु ओटीपी, दुई चरणको प्रमाणीकरण, अन्तर्राष्ट्रिय एसएमएस, मिस्ड कल मार्केटिङ, च्याटबट सेवा जस्ता सेवाहरु थप हुने जनाएको छ ।

सरल इन्टिग्रेसन र एपीआई सेवा, सुदृढ र मजबुत डाटा सुरक्षा चौबिसै घण्टा ग्राहक सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

रिब्रान्डिङले बाहिर देखिने आवरण भन्दा अन्य धेरै प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ । जसले स्पारो एसएमएसको सेवामा रूपान्तरण र विकास, प्रयोगकर्ताको अनुभव सुधार्न र इन्टरप्राइज कम्युनीकेशनमा उत्कृष्टता हासिल हुने जनाएमको छ ।

यस्तै व्यवसायहरूको बदलिंदो सञ्चार आवश्यकताहरूलाई पूर्ति गर्न सक्ने बृहत, प्रयोगकर्ताले रोजेअनुसारको र प्राविधिक रूपमा थप सशक्त इन्टरप्राइजेज मेसेजिङ प्लाटफर्म प्रदान गर्ने जनाएको छ । इन्टरप्राइज मेसेजिङलाई माथि उठाउनु नै रिब्रान्डिङको मुख्य लक्ष्य रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?