+
+

साधना सरगमले गाएको नेपाली शान्ति गीत सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ४ गते ७:४२

काठमाडौं । सन्तोष श्रेष्ठको संगीत र हेम प्रभाष अधिकारीको शव्द रचनामा भारतकी प्रसिद्ध गायिका साधना सरगमले गाएको शान्ति गीतको भिडियो सार्वजनिक भएको छ । शान्ति दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भिडियो सार्वजनिक गरिएको हो ।

म्युजिक नेपालको युट्युब च्यानलमा रहेको शान्ति गीतको भिडियोमा रक्षा श्रेष्ठ, दिया गिरी, चक्र साउद, कुमार फुयाल र अभेलिना खड्काको अभिनय छ ।

शान्ति गीतका माध्यमबाट भाइचारा र विश्व बन्धुत्वको भावना जागृत गराउने अभिप्रायका साथ तयार पारिएको गीत भारतको मुम्बईस्थित आर्यान स्टुडियोमा रेकर्ड गरिएको संगीतकार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धेरै समयपछि नेपाली भाषाको गीत गाउने अवसर पाएको भन्दै साधना सरगमले खुसी व्यक्त गरेकी थिइन् । ‘अन्य गीतहरुभन्दा यस शान्ति गीतको भावभूमि फरक रहेकाले मैले यो गीत गाएँ ।  यस गीतको माध्यमबाट विश्वव्यापी रुपमा शान्ति र सदभाव फैलँदै जाने आशा गरेकी छु,’ गायिका साधना सरगमको भनाइ उनले स्मरण गरे ।

भारतकी प्रसिद्ध गायिका साधना सरगमको स्वरमा आफूले संगीत भरेको गीत तयार हुँदा उत्साहित भएको संगीतकार श्रेष्ठले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?