+
+

काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी, एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ७ गते ७:४३

७ असोज, काठमाडौं । काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

चन्द्रागिरि नगरपालिका-११ मा रहेको चप्पल कारखानामा आगलागी हुँदा ९० लाख रुपैयाँ भन्दा बढीको र चाबहिलस्थित एक घरमा आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

सतुंगलमा चोककुमार श्रेष्ठले सन्चालन गरेको चप्पल कारखानामा गए राति विद्युत् सर्ट भएर आगलागी भएको थियो । आगलागीबाट कारखानामा रहेका मेसिन, केमिकल, चप्पल तथा चप्पल बनाउने कच्चा पदार्थ जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण संकलनको काम जारी छ । यद्यपि आगलागीबाट ९० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको चन्द्रागिरि प्रहरीले जनाएको छ ।

गएराति नै काठमाडौंको चाबहिलमा इन्द्रनारायण मानन्धरको घरमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?