+
+

सानिमा बैंकले प्रस्तावित लाभांश पारित गर्न बोलायो साधारणसभा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते ११:०५

८ असोज, काठमाडौं । सानिमा बैंकले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा आहृवान गरेको छ । बैंकले २ कात्तिकमा काठमाडौंको कुण्डलिनी दरबार ब्यान्केट १९ औं वार्षिक साधारणसभा आहृवान गरेको हो ।

बैंकको साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको ९ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत गरी ५.७० प्रतिशत नगद लाभांशको प्रस्ताव पेश गरी पारित गर्नेछ ।

यस्तै सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात र आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाबसहित सोही अवधिको नगद प्रवाहको विवरण पनि बैंकको साधारणसभाले पारित गर्नेछ ।

यस्तै बैंकको बोनस सेयर जारी पश्चात् पुँजी वृद्धि हुने भएकोले सोही अनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव बैंकले साधारणसभामा लैजाने भएको छ ।

बैंकले साधारणसभाको लागि २२ असोजमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएको छ । जस अनुसार १५ असोजसम्म कायम सेयरधनीले मात्रै बैंकको लाभांश पाउनेछन् । साथै सोही मितिसम्म कायम सेयरधनी साधारणसभामा सहभागि हुन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?