+
+

इनास अमेरिकाको अध्यक्षमा अभिनेता राहुल केसी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते २१:०४

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको अध्यक्षमा राहुल केसी निर्वाचित भएका छन् । आइतबार अमेरिकाको मेरिल्याण्ड राज्यमा सम्पन्न राष्ट्रिय अधिवेशनले १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

अघिल्लो कार्यसमितिमा महासचिव रहेका केसी २०२३/२०२५ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा सृजन ताम्राकार, उपाध्यक्षमा रीता श्रेष्ठ र अंकुश नेपाल, महासचिवमा प्रकाश नेपाल, कोषाध्यक्षमा दिनेश कार्की र सह-कोषाध्यक्षमा मनीष शर्मा छन् । सदस्य तथा प्रवक्तामा गोपालचन्द्र लामिछाने निर्वाचित भएका छन् ।

सदस्यहरुमा अनिल तिमल्सेना, अरुणा कार्की, गोपाल अधिकारी, अमिता लामा तथा बिश्व पौडेल निर्वाचित भए ।

विभिन्न राज्य समितिका पदाधिकारी र सदस्य पनि निर्वाचित भएका छन । जसमा केन्टकी राज्य समितिको अध्यक्षमा गोपाल नेपाल ‘फिस्टे’, मेरिल्याण्डको अध्यक्षमा लक्ष्मण पौडेल, भर्जिनियाको अध्यक्षमा अर्जुन घिमिरे निर्वाचित भएका छन् ।

इनास बिश्व उपाध्यक्ष सबु गदाल कार्की र मेरिल्याण्डका बिधान सभा सदस्य ह्यारी भण्डारीले अधिवेशन उद्घाटन गरे । उक्त अवसरमा गायिका प्रविशा अधिकारी, अभिनेता रमेश उप्रेती, गायक तुलसी पराजुली र पत्रकार प्रकाश सुवेदीलाई सम्मान प्रदान गरियो ।

२०२१/२०२३ का अध्यक्ष कन्हैया सिंह परियारले आफ्नो मन्तव्य राख्दै २०२१/२०२३ को समितिलाई बिघटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?