+
+

छुरीसहित पक्राउ पर्यो खतरनाक गुडिया

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते ११:३२

प्रहरीले कुनै अपराधमा संलग्न मानिसलाई हतकडी लगाउनु त स्वभाविकै हो । तर, मेक्सिकोमा भने पुलिसले एउटा गुडियालाई पक्राउ गरी हतकडी लगाएको छ ।

आखिर पुलिसले एउटा निर्जिव गुडियालाई किन पक्राउ गर्यो त ?

समाचार अनुसार त्यो गुडियाका मालिकले अन्य व्यक्तिहरुलाई तर्साउनका लागि त्यस गुडियाको प्रयोग गर्ने गरेको थाहा पाएपछि प्रहरीले गुडियालाई नियन्त्तणमा लिएको हो .

सो गुडियाको नाम चकी हो । अधिकारीहरुले त्यसलाई राक्षसी गुडिया भनेका छन् । गुडियाका मालिकले मानिसहरुलाई तर्साउनका लागि उक्त गुडियाको हातमा चक्कु राखिदिने गरेको खुलासा भएको छ ।

न्युयोर्क पोस्टको रिपोर्ट अनुसार पुलिसले गुडियासँगै त्यसका मालिकलाई पनि पक्रिएको छ । उत्तरी मेक्सिकोको कोहुइला राज्यस्थित मोनक्लोवा सहरमा सेप्टेम्बर ११ मा गुडिया र त्यसलाई दुरुपयोग गर्ने व्यक्ति पक्राउ परेका हुन् । उनीमाथि सार्वजनिक शान्ति व्यवस्था बिगारेका र मानिसहरुलाई खतरामा पारेको अभियोग लगाइएको छ ।

मोनक्लोवा पुलिसका पूर्वनिर्देशक जुआन राउल अल्कोसरका अनुसार कार्लोस नामक ती व्यक्ति सहरको मुख्य चोकमा नशाले मातेको अवस्थामा थिए । उनले आफ्नो अनुहारमा गुडियालाई राखेका थिए र मानिसहरुलाई तर्साइरहेका थिए ।

प्रहरीले कार्लोस र उनको गुडिया समेतलाई पक्राउ गरी पुलिस चौकीमा लगेर हतकडी लगायो । पुलिसले गुडियाको कपालमा समाएको र हातमा हतकडी लगाएको तस्वीर सार्वजनिक भएको छ । गुडियासँग एउटा चक्कु पनि देखिन्छ ।

उक्त गुडिया सन् १९८८ मा बनेको हरर फिल्म चाइल्ड्स प्ले मा चर्चित बनेको थियो ।

उता चर्चा कमाउनका लागि गुडियाको हातमा समेत हतकडी लगाउने पुलिस अधिकारी समेत कारबाहीमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?