+
+

१६ जना चिकित्सकलाई मुगुमै छाडेर किन उड्यो समिट एयर ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १२:५१

९ असोज, काठमाडौं । मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज आउने जहाजका यात्रु र जहाज कम्पनीबीचको विवादका कारण १६ जना यात्रुले एक साथ यात्रा रद्द गरेका छन् ।

समिट एयरको यो जहाजमा चिकित्सकले मंगलबारका लागि १६ सिट बुक गरेको तर टिकट नकाटिएको अवस्था रहेको समिट एयरका प्रमुख कार्यकारी अधिकृत मनोज कार्कीले जानकारी दिए ।

सोहीकारण सोमबार ५ वटा भीआईपी सिट यो उडानका लागि काटिएको उनले जानकारी दिए । मंगलबार ५ जना भीआईपी यात्रु र १३ जना चिकित्सकलाई समिटले पहिलो उडानबाट नेपालगञ्ज ल्याउन खोजेको थियो ।

तर, चिकित्सकले १६ जनाकै समूह एउटै उडानमा जानु पर्ने अडान राखेपछि अन्य यात्रुलाई लिएर समिटको जहाज उड्नु परेको कार्कीले जानकारी दिए ।

‘उहाँहरु हाम्रै उडानबाट मुगु जानु भएको हो, आजका लागि टिकट बुकिङ मात्र गर्नु भएको थियो, टिकट काट्नु भएको थिएन, त्यसकारण ५ वटा भीआईपी टिकट सोमबार नै काटिएको थियो,’ कार्कीले भने, पहिलो उडानमा ५ जना छुटे पनि हामी आजै अर्को उडानबाट थप यात्रुलाई नेपालगञ्ज ल्याउने योजनामा थियौं ।’ चिकित्सकको अर्घेल्याइँले नै उनीहरु मुगुमा बसेको कार्कीले बताए ।

कार्कीका अनुसार आजै अर्को उडान मुगुमा हुँदैछ । समिटमा आउन नसकेका यात्रुलाई लिन नेपाल एयरलाइन्सको जहाज पठाउने घोषणा फेसबुकमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गरेका छन् । तर, नेपाल एयरलाइन्सको जहाजले १३ जना मात्र यात्रु बोक्न सक्छ । एउटै समूहमा मात्र हिंड्ने अडान दिएका चिकित्सकको संख्या १६ छ । सोहीकारण पनि समिटले अर्को उडान गर्नुपर्ने अवस्था हुन सक्ने कार्कीले बताए ।

माओवादी केन्द्रका नेता मातृका यादव, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश अध्यक्ष विमला केसी, धर्मराज शाह र प्रकाशबहादुर शाहीका लागि सोमबार भीआईपी टिकट काटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?