+
+

विपिन कार्कीलाई प्रश्न : लगातारको बक्स अफिस संकटबाट ‘भष्मे डन’ले उद्धार गर्ला ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १२:४७

काठमाडौं । अभिनेता बिपिन कार्कीका पछिल्ला दुई फिल्मले बक्सअफिसमा कमजोर ब्यापार गरे । ‘प्रसाद २’को कुल कमाइ ८१ लाख ग्रस मात्र छ । ‘एक भागवत् र एक गीता’को कलेक्सन सार्वजनिक छैन । यद्यपि, फिल्मले न्यून कमाइ गरेको छ ।

अघिल्ला दुई फिल्मले व्यावसायिक ‘सेटब्याक’ प्राप्त गरेपछि अब कार्कीको ध्यान प्रदर्शन तयारीमा रहेको ‘पशुपति प्रसाद २ : भष्मेडन’मा केन्द्रित छ । के लगातारको बक्सअफिस संकटबाट ‘भष्मे डन’ले बिपिनलाई उद्धार गर्ला ?

अनलाइनखबरको यो प्रश्नमा बिपिनको जवाफ छ : अघिल्ला दुई फिल्मबाट चाहेको कुरा पुरा हुन नसकेपनि अब आशाको केन्द्र भनेकै भष्मे डन हो । यो फिल्मले उच्च व्यवसायिक सफलता प्राप्त गर्ने कुरामा ढुक्क छु । तरपनि फिल्म चल्ने नचल्ने कुरा दर्शकमाझ गएपछि थाहा हुन्छ ।’

आफूले ‘एक भागवत् र एक गीता’ फिल्म खेल्नुमा कलात्मक र व्यवसायिक फिल्मबीच ‘मर्जर’ होस् भन्ने उद्देश्य रहेको बताए । ‘त्यो उद्देश्य पुरा नभएपनि धेरै दर्शकले मेरो फिल्मलाई पहिलोपटक हेर्नुभएछ । एउटा कलाकारको रुपमा यो सन्तुष्टिको विषय हो । स्रष्टाको रुपमा म कमलामाई पात्रलाई करिअरकै महत्वपूर्ण क्यारेक्टरको रुपमा लिन्छु’ उनले भने ।

कलाकारको रुपमा ब्यापारप्रति पनि आफू जिम्मेवार हुनुपर्ने बोध आफूलाई भएको बिपिनले बताए । ‘फिल्मलाई ब्यवसायिकरुपमा सक्सेस बनाउन एक्टरभन्दा निर्देशक र लेखकको भूमिका बढी हुन्छ’ उनी भन्छन्, ‘काम गर्नुअघि नै झरना दिदीको स्टाइलसँग मेरो शैली मिल्छजस्तो लागेको थिएन । मैले आर्टहाउस र कमर्सियल फिल्मलाई एकत्रित गराउन खोजेको हुँ । मैले दर्शकलाई यी भिन्न फिल्मका स्वादको बानी बसाल्न खोजेको हुँ ।’

आफूले फिल्म हेर्दा पनि भागवत् गीताबाट बढी नै आशा गरेको बिपिनले सुनाए । ‘के घर के डेरा र फूलबारीभन्दा पनि भागवत् गीतबाट धेरै आशा राखेको थिएँ’ उनले भने, ‘मलाई मनपर्ने फिल्म, दर्शकलाई मनपर्छ भन्ने भ्रम टुट्यो ।’

दशैंदेखि माघसम्म बिपिन ‘महाजात्रा’ र ‘ऊनको स्वीटर’को छायांकनमा व्यस्त हुँदैछन् । ‘भष्मे डन’को पब्लिसिटी’ सुरु भएको छ भने ‘महाजात्रा’को प्रि-प्रोडक्सन बुधबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?