+
+

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा अधिवक्ता जोशी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १७:५९

९ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता ठेकेन्द्रराज जोशीलाई नियुक्त गरिएको छ ।

मंगलबार प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

जोशीलाई माओवादी नेतृत्वको तत्कालीन सरकारले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका कुुलानन्द उपाध्यायले राजीनामा दिएपछि नियुक्त गरिएको हो ।

प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको १६० को उपधारा २ बमोजिम जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको जनाएको छ ।

धनगढी उपमहानगरपालिका–२ स्थायी ठेगाना भएका अधिवक्ता जोशी २०५८ सालदेखि कानून व्यवसायीको रूपमा काम गर्दै आएका थिए ।

उनी कैलाली जिल्ला अदालत बार एसोसिएशनमा समेत आवरुद्ध थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?