+
+

सुदूरपश्चिममा माओवादी र एकीकृत समाजवादीका नेताले फिर्ता गरे गाडी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते २०:१२

९ असोज, धनगढी । सुदूरपश्चिममा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेताले कानुन विपरीत प्रयोग गरिरहेको गाडी फिर्ता गरेका छन् ।

माओवादी संसदीय दलका नेता खगराज भट्ट र नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारीले गाडी फिर्ता गरेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

सत्तारुढ नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले भने यसअघि नै गाडी सचिवालयलाई बुझाइसकेका थिए ।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सेवासुविधा सम्बन्धी ऐनको पहिलो संशोधन २०७९ को दफा ६ को उपदफा १ ले सत्तारुढ दलका नेतालाई गाडी सुविधा हुने व्यवस्था गरेको थियो । तर अनुसूची १ बमोजिम सुविधा उपलब्ध गराउनुपर्ने भनिएपनि अनुसूचीमा उक्त व्यवस्था राखिएको थिएन । सोही कारण प्रदेशको सार्वजनिक लेखा समितिले कानुन विपरीत प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन दिएको थियो ।

लेखा समितिले तीन दिनभित्र गाडी फिर्ता गर्न निर्देशन दिएपनि मुख्यमन्त्री कमलबहादुर शाहले ऐन संशोधन गर्ने आश्वासन दिएपछि उनीहरु रोकिएका थिए । तर ऐन संशोधन गर्दा आलोचना हुने देखिएपछि भने तत्काललाई मुख्यमन्त्री पछि हटेका छन् । सोही कारण उनीहरुले ढिलो गरेर सचिवालयलाई गाडी फिर्ता गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?