+
+

हरिवंश आचार्यको भिडियो सन्देश : डाक्टरमाथिको हातपात तुरुन्त बन्द हुनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते १३:२३

काठमाडौं । अभिनेता हरिवंश आचार्यले चिकित्सकमाथिको हातपात तुरुन्त बन्द गर्न आग्रह गरेका छन् । बुधबार भिडियो सन्देश जारी गर्दै उनले यो दण्डनीय कामलाई बन्द गर्नुपर्ने बताए ।

उनले चिकित्सकसहित नागरिकमाथि हुने यस्तो किसिमको दुव्र्यवहार र हातपातको घटनामा चुप लागेर नबस्न राज्यलाई पनि आग्रह गरेका छन् । ‘पछिल्लो समय स्वास्थ्य र जीवन बचाउने चिकित्सकमाथि दुव्र्यवहार हुँदै आएको छ । यस्तो अमानवीय काम रोकेर हातपात गर्ने क्रियाकलापलाई तुरुन्त बन्द गरी चिकित्सक र स्वास्थ्यकर्मीको सेवाप्रति ऐक्यबद्धता जाहेर गरौं’ हरिवंशले भनेका छन् ।

उनले सरकारलाई पनि गम्भीर हुन आग्रह गरेका छन् । ‘देशसँग पनि अनुरोध छ कि यस्तो किसिमको हातपात जोमाथि भएपनि राज्य चुप लागेर बस्नु हुँदैन । र यो दण्डनीय कामलाई बन्द गर्नुपर्छ’ उनले भनेका छन् ।

पछिल्लो समय मुलुकका केही अस्पतालमा चिकित्सकमाथि आक्रमणका श्रृंखलाबद्ध आक्रमण भैरहेका छन् । आक्रमणको विरोधमा डाक्टरहरु पनि प्रदर्शनमा उत्रिएका छन् । स्वास्थ्य मन्त्रालयले पनि बुधबार वक्तव्य जारी गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने उपर कार्वाही गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?