+
+

भारतले ओस्कारमा मलयालम फिल्म ‘२०१८’लाई पठाउने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते १७:५०

fकाठमाडौं । भारतले आगामी ओस्कार अवार्डमा मलयालम फिल्म ‘२०१८ : एभ्रिवन इज अ हिरो’लाई पठाउने भएको छ । जुड एन्थोनी जोसेफ निर्देशित यो फिल्मलाई निर्णायक मण्डलले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म फिल्मको विधामा छनोट गरेको हो । ९६ औं ओस्कर अवार्ड मार्च १०, २०२४ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुनेछ ।

फिल्म ‘२०१८’को कथा सन् २०१८ मा केरलामा आएको विनाशकारी बाढीमा आधारित छ । गत मे ५ मा रिलिज भएको यो फिल्म २०२३ को दोस्रो सबैभन्दा धेरै कमाउने मलयालम फिल्म थियो । यसलाई हिन्दीमा पनि डब गरिएको छ । फिल्ममा टोभिनो थोमस, आसिफ अली र अपर्णा बालमुरलीलगायत धेरै कलाकारले काम गरेका थिए ।

रिपोर्टका अनुसार यो वर्ष २२ फिल्म सर्टलिस्टमा परेका छन् । यसमा बलिउडबाट द केरला स्टोरी, गदर-२, ज्वेइगाटो, रकी और रानी की प्रेम कहानी, मिसेस चटर्जी भर्सेस नर्वे र घूमरलाई सर्टलिस्ट गरिएको थियो ।

यसअघि सन् २००१ मा आमिर खान अभिनित बलिउड फिल्म ‘लगान’ले यस श्रेणीमा मनोनयन पाएको थियो । ‘लगान’ बाहेक सन् १९५७ मा नरगिस स्टारर फिल्म ‘मदर इन्डिया’ र १९८८ मा मीरा नायरको ‘सलाम बम्बे’ पनि मनोनयनमा परेका थिए ।

२०२२ मा गुजराती फिल्म ‘लास्ट फिल्म शो’ यस श्रेणीमा छनोट भए पनि मनोनयन भने पाउन सकेन । भारतले उत्कृष्ट विदेशी भाषाको श्रेणीमा ओस्कार जित्न सकेको छैन ।

नेपालले आगामी ओस्कार अवार्डका लागि विक्रम सापकोटा निर्देशित फिल्म ‘हल्कारा’लाई पठाउने निर्णय गरेको छ । व्यावसायिक सफलता नपाए पनि यो फिल्मले शैलीगत रुपमा राम्रो समीक्षा बटुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?