+
+

मणिपुर फेरि अशान्त, कर्फ्यु लगाइयाे

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते ९:०७

११ असोज, काठमाडौं । भारतको मणिपुर राज्यमा पुनः हिंसा भड्किएको छ । गत जुलाई महिनादेखि बेपत्ता दुई जना छात्राको मृत्यु भएको पुष्टि भएपछि मणिपुरको राजधानी इम्फालमा बुधबार रातिदेखि फेरि विरोध प्रदर्शन, तोडफोड र आगजनी भएको छ ।

आक्रोशित भीडले इम्फालका एक नेताको घरमा तोडफोडको कोसिस गरेको, प्रहरीको गाडी जलाएको र एक प्रहरीलाई कुटपिट गर्दै हतियार खोसेको मणिपुर प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणका लागि कोम्बिङ अप्रेसन सुरु गर्न लागिएको पनि प्रहरीले जनाएको छ ।

स्थिति थप भड्किन नदिन इम्फालमा कर्फ्यु लगाइएको छ । यसअघि गत मे महिनामा मणिपुरमा जातीय हिंसा भड्किएपछि कर्फ्यु लगाइएको थियो । तर तनाव मत्थर हुँदै गएपछि कर्फ्यु खुकुलो पारिएको थियो । बुधबार रातिदेखि पुनः पूर्णरुपमा कर्फ्यु लगाइएको भारतीय मिडियाहरुले जनाएका छन् ।

गत मे महिनामा मैतेई र कुकी समुदायबीच झडपले मणिपुुरमा हिंसाको रुप लिंदा ५२ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?