+
+

मधेशका मुख्यमन्त्रीलाई कालोमोसो दल्ने चेतावनी दिने चिकित्सक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते ११:०६

११ असोज, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई कालोमोसो दल्ने चेतावनी दिने एक जना चिकित्सक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-४ का अरुणकुमार झा रहेका छन् । उनी आयुर्वेद चिकित्सक हुन् ।

मौखिक उजुरीको आधारमा उनलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर मुख्यमन्त्री यादवलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए ।

उनले लेखेको स्टाटस मुख्यमन्त्रीलाई कालो मोसो दल्ने मात्र नभइ सामाजिक सद्भाव भड्काउन प्रेरित गर्ने शब्द प्रयोग भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?