+
+

यूएस ओपन कपको फाइनलमा मेसीको टिम मियामी पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते १४:४४

११ असोज, काठमाडौं । अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेसीको टिम इन्टर मियामी यूएस ओपन कप फुटबलको फाइनलमा होस्टन डाइनामोसँग २-१ ले पराजित भएको छ ।

फ्लोरिडामा भएको खेलमा ग्रिफिन डोर्से र अमिन बासीले पेनाल्टीमार्फत होस्टनलाई अग्रता दिलाए ।

इन्जुरी टाइममा जोसेफ मार्टिनेजले मियामीका लागि सान्त्वना गोल फर्काए । होस्टनका गोल किपर एन्ड्रू तारबेलले मियामाकी ३ वटा प्रहार बचाएउँदै टिमलाई दोस्रो पटक यूएस ओपन कपको विजेता बनाए ।

गत हप्ता टोरोन्टो एफसीसँगको खेलमा घाइते भएपछि मैदान छाडेका मेसीले होस्टनसँगको खेलमा थिएनन् ।

यस्तै स्पेनिस डिफेन्डर जोर्डी अल्बाले पनि चोटका कारण यो खेल गुमाएका थिए ।

मियामीका प्रशिक्षक जेरार्८ मार्टिनोले मेसी फिट भएर खेलमा फर्कनु क्लबका लागि मुख्य प्राथमिकता भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?