+
+

निजी कलेजमध्ये सर्वोत्कृष्ट बन्यो केएमसी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते १६:२८

११ असोज, काठमाडौं । दुई दशक लामो शैक्षिक इतिहाससँगै केएमसी कलेजले ‘उत्कृष्ट शिक्षा’ का लागि गर्विलो रेकर्ड बनाएको छ ।

गएको असोजमा केएमसीलाई सरकारले ‘नेपालभरका निजी कलजेमध्ये सर्वोत्कृष्ट’को रुपमा पुरस्कृत गरेको थियो ।

वर्तमान युग अनुसारको शैक्षिक कार्यक्रम, सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप, विद्यार्थी मैत्री वातावरण, पर्याप्त शैक्षिक सामग्री, दक्ष एवं अनुभवी शिक्षक/शिक्षिका नै यस कलेजको बलियो पक्ष हो ।

के पढ्न पाइन्छ ?

त्रिभूवन विश्वविद्यालयको सम्बन्धनमा केएमसीले स्नातक र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । यहाँ मानविकी र व्यवस्थापन संकायका विभिन्न विषय पठनपाठन हुन्छ ।

स्नातकतर्फ वार्षिक प्रणाली अन्तर्गतका बीए र बीबीएस पढ्न पाइन्छ भने सेमेस्टर प्रणाली अन्तर्गत बीबीएम, बीसीए, बीएसडब्ल्यू कार्यक्रम सञ्चालित छन् । त्यस्तै स्नातकोत्तरमा एमबीएस र एमए कार्यक्रम सञ्चालित छ ।

बीएमा विद्यार्थीले अंग्रेजी, मनोविज्ञान र समाजशास्त्र जस्ता विषय पढ्न पाउँछन् ।

अभ्यासमा आधारित शिक्षा

केएमसीको खास विशेषता भनेको अभ्यासमा आधारित शिक्षा हो । विद्यार्थीले पढेका कुरालाई व्यवहारिक अभ्यासबाट सिक्दा थप प्रभावकारी हुने कलेजका कार्यक्रम निर्देशक दीप बराल बताउँछन् ।

गत बर्ष चैतमा केएमसी कलेजले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गरेको थियो । सोही अनुसार कलेजले सैद्धान्तिक मात्र नभएर अभ्यासमा आधारित शिक्षा दिइरहेको कार्यक्रम निर्देशक बराल बताउँछन् ।

‘हामी विद्यार्थीलाई पढाइसँगै बढी भन्दा बढी त्यसमा अभ्यास गराउँछौं, त्यही कारण उनीहरु व्यवहारिक रुपमा दक्ष हुने गरेका छन्’, बराल भन्छन् । यस कलेजबाट पास भएर विद्यार्थीहरु सोझै रोजगार बजारमा प्रवेश गर्न सक्ने उनी बताउँछन् ।

कलेजले ‘प्लान टिचिङ’ प्रणाली पनि अपनाएको छ । अर्थात कुन विषयलाई कसरी पढाउने भन्ने पूर्व तालिका निर्माण गरिन्छ । यसमा शिक्षण सिकाइ र अभ्यासलाई जोड दिइन्छ ।

त्यसरी योजनाबद्ध कार्यक्रम बनाउँदा विद्यार्थीले निश्चित अवधिमा निश्चित सीप सिकेकै हुनुपर्छ । विद्यार्थीको सीप सिकाइलाई आन्तरिक मूल्याङ्कनबाट मापन गरिने कलेजको भनाइ छ ।

अतिरिक्त क्रियाकलापमा प्रेरित

वर्तमान युग सुहाउँदो जनशक्ति उत्पादन गर्न कलेजले विद्यार्थीलाई पढाइमा मात्र होइन, उनीहरुको रुचि र क्षमताको कुरामा पनि प्रोत्साहित गरिरहेको छ ।

‘विद्यार्थीको रुचि के छ, क्षमता के छ सोही अनुसार अतिरिक्त गतिविधिमा पनि उनीहरुलाई प्रेरित गरिरहेका छौं’, बराल भन्छन् ।

अतिरिक्त क्रियाकलापको लागि कार्यक्रम निर्देशकसहित प्रत्येक संकायको विषयगत शिक्षक र प्रतिनिधि विद्यार्थी छनौट गरिन्छ । उनीहरुले कुन शैक्षिक कार्यक्रमको विद्यार्थीलाई कस्तो अतिरिक्त क्रियाकलापको कार्यक्रमको आवश्यकता छ भन्ने टुंगो गर्छन् । अतः त्यही अनुसारको कार्यक्रम डिजाइन गरेर कार्यान्वयनको लागि कलेजको क्लबलाई जिम्मेवारी दिइन्छ ।

रुचि अनुसार क्षमता विकास

अतिरिक्त गतिविधिबाट विद्यार्थीको रुचि र क्षमता पहिल्याउन सकिन्छ । सबै विद्यार्थी पढाइमा मात्र तगडा हुँदैनन् । कोही खेलकुदमा, कोही संगीतमा, कोही कलाकारितामा, कोही उद्यम व्यवसायमा रुचि राख्ने हुन्छन् ।

विद्यार्थीको रुचि के छ, क्षमता कस्तो छ ? कलेजले सोही अनुसार उनीहरुलाई प्रोत्साहित गर्ने व्यवस्था छ । विद्यार्थीको क्षमता विकासमा जोड दिइने, अवसरको खोजी गर्न सिकाइने गरिएको बताइन्छ ।

यसका लागि कलेजमा विभिन्न क्लब पनि गठन गरिएको छ । विद्यार्थीले आफ्नो क्षमता र रुचि अनुसारको क्लबमा गएर आफूलाई थप निखार्न सक्छन् । जस्तो स्पोर्ट्स क्लब, मिडिया रिचआउट ग्रुप, सोसियल सर्कल, केएमसी कर्पोरेट रिचआउज ग्रुप, केएमसी आन्टरप्रानरसीप सेन्टर, केएमसी अलुम्नाइ रिचआउट, केएमसी अलुम्नाइ एसोसियसन, केएमसी इन्टरनेसनल क्लब ।

दीप बराल, कार्यक्रम निर्देशक

त्यस्तै फ्राइडे टक, आइडिया स्टुडियोसँगको सहकार्यमा कलेजमा विभिन्न कार्यक्रम हुन्छ । त्यसबाहेक कलेजले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुसँग सम्झौता गरी स्टुडेन्ट एक्सपोजर भिजिट, ‘फ्याकल्टिज भिजिट’ माध्यमबाट अन्तर्रााष्ट्रिय शिक्षण अभ्यास पनि गरिदै आएको छ ।

यसरी विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पढाइका अतिरिक्त विभिन्न गतिविधि पनि सञ्चालन गरिने भएकाले केएमसी विद्यार्थीहरुको रोजाइमा परेको बताइन्छ ।

छात्रावृत्तिको अवसर

प्रतिभाशाली विद्यार्थीलाई कलेजले छात्रवृत्तिको पनि व्यवस्था गरिदिएको छ । भर्ना प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई पनि छात्रवृत्ति दिइँदै आएको छ ।

कलेजले सीमित कोटामा विद्यार्थीलाई पठन पाठन गराउँदै आएको छ । बीबीए कार्यक्रमको लागि ६६ जना, बीबीएममा ४४ जना, बीसीएमा ३५ जना र बीए र बीबीएसमा ४०/४० जना र एमबीएस र एमबीएममा ३०/३० जनाको दरले विद्यार्थी भर्ना लिने गरेको छ ।

‘हामीले पढाउने मात्रै भन्दा पनि विद्यार्थी सर्वाङ्गीण विकास हुनुपर्छ र सम्बन्धित विषयमा दक्ष बनाउन पर्छ भनेर मिहिनेत गरेका छौं । विद्यार्थीले पनि त्यत्तिकै मिहिनेत गरेका छन् जसले गर्दा दक्षता हासिल गरेका छन् । यहि हो सर्वोत्कृष्ट हुने हाम्रो कडी’ बराल भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?