+
+

लेनदेनको विषयमा कुरा नमिलेपछि मोटरसाइकलमा आगजनी 

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते १९:३१

११ असोज, दाङ । दाङमा मोटरसाइकलमा आगजनी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१० सौडिकुलाकी ३२ वर्षीया मिना चौधरी रहेकी प्रहरीले जनाएको छ ।

चौधरीले घोराही उपमहानगरपालिका-१८ पुष्पाञ्जलीकी विराज चौधरीको रा २ प १५९३ नम्बरको मोटरसाइकल आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

मल्लका अनुसार लेनदेनको बिषयलाई दुवैबीच वादविवाद भएको थियो । सोक्रममा मिनाले विराजको मोटर साइलकमा आगजनी गरेको र मोटरसाइकल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?