+
+

भोकाएका भेँडाका बथानले सय किलो गाँजा खाएपछि…

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते १३:१८

काठमाडौं । मानिसदेखि जनावरसम्म जब कोही भोको हुन्छ उसले सबै हद पार गरिदिन्छ । ग्रिसमा भेँडाको एउटा बथानले यसलाई प्रमाणित गरेको छ ।

भोकले ग्रस्त भएको उक्त भेँडाको झुण्डले घाँस सम्झिएर गाँजा खाएपछि यस्तो हर्कत देखायो कि सहरभरका मानिसहरु अचम्ममा परे ।

पछिल्लो समय ग्रिस भिषण बाढीबाट जुध्नुपर्यो । मानिसदेखि जनावरसम्म सबै उक्त बाढीबाट प्रभावित भए ।

खानका लागि ताजा घाँसको खोजीमा भौतारिरहेको भेँडाको एक झुण्ड औषधीका लागि गाँजाखेती गरिएको ग्रिनहाउस भित्र प्रवेश गर्यो । भोकको झोँकमा टन्न गाँजाको बोट खाएपछि ती भेँडाले असामान्य व्यवहार देखाउन थाले ।

उक्त गाँजाखेती गर्ने किसानका अनुसार लू तथा डेनियल आँधीबाट यसअघि नै खेतीमा असर परेको थियो । त्यसमा पनि भेँडाको बथानले आक्रमण गरेपछि त्यहाँ गाँजाका कुनै बोट बाँकी रहेनन् ।

द न्यूजपेपर डट जिआरका अनुसार ग्रिसको अल्मिरोस सहर नजिक रहेको ग्रिनहाउसमा १ सय किलो गाँजा खाएको उक्त भेडाको झुण्ड त्यसअघि ग्रीसको थिसलीस्थित  बाढी प्रभावित मैदानमा भोजनको खोजी गरिरहेको अवस्थामा देखिएको थियो । भेडाले गाँजा खेतिमा गरेको सो लुटले गाँजा खेतीका मालिकलाई चिन्तित बनाएको छ ।

भेँडाको सो हर्कतले आफू रुनु न हाँस्नुको अवस्थामा पुगेको उनले बताएका छन् । पहिले लू चल्दा आफ्नो खेति बिग्रिएकोमा पछि आँधीपछि आएको बाढीले नोक्सानी पुर्याएको उनले बताए ।

गाँजा खाएपछि भेँडाको बथानमा असर देखियो । भेँडाहरु निकै खुसी देखिन्थे र मस्ती गरिरहेको जस्तो भान हुन्थ्यो । गाँजाको नसा लागेपछि भेँडाहरु उफ्रिरहेका थिए र अग्लो ठाउँबाट फाल हाल्दै थिए, जुन भेँडाको स्वभावभन्दा विपरीत हो ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?