+
+

एमालेको कर्णाली अधिवेशनमा मतदान अझै सुरु भएन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १३ गते १६:०४

१३ असोज, सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन लम्बिदै गएको छ । शनिबार दिउँसो १२ बजेदेखि मतदान सुरु गर्ने भनिएपनि साढे तीन बजेसम्म पनि हुन सकिरहेको छैन ।

मतदान सुरु नहुँदा प्रतिनिधिहरु वीरेन्द्रनगरस्थित सिटीहलमा छहारी खोज्दै बसिरहेका छन् । निर्वाचन समितिले मतदानका विषयमा कुनै जानकारी नदिँदा नेता, कार्यकर्ताहरु भने दिक्क छन् ।

अध्यक्षमा गुलाबजंग शाह, मीनबहादुर शाही र प्रकाश रोकायाको उम्मेदवारी कायम छ । नेताहरु सर्वसम्मत नेतृत्वको प्रयासमा अझै उम्मेदवारलाई मनोनयन पिर्ता गराउन छलफलमै जुटिरहेका छन् । शीर्ष नेताहरु सहमति जुटाउन भनेर छलफलमा बसिरहने, तर निष्कर्षमा नपुग्ने हुँदा प्रतिनिधिहरु भने तीन दिनदेखि अलपत्र छन् ।

अधिवेशन प्रयोजनका लागि गठन गरिएको निर्वाचन आयोगले निश्चित समयअनुसार कार्यतालिका पछ्याउन सकेको छैन । ‘उम्मेदवारी फिर्ता गराउन नेताहरु छलफलमा जुट्नुभएको छ । आज मतदान हुने सम्भावना न्यून छ । मतपत्र लगाएका छफाइका काम अझै गर्न बाँकीनै छ’, निर्वाचन मण्डलका एक सदस्यले भने, ‘यही समयअनुसार मतदान आइतबारदेखि मात्र सुरू हुने देखिन्छ ।’

शुक्रबार प्रकाशित निर्वाचन कार्यतालिका अनुसार शनिबार दिउँसो १२ बजेदेखि ६ बजेसम्म मतदानको समय तोकिएको थियो । शनिबार राति नै मतगणना गरी आइतबार बिहान परिणाम सार्वजनिक गर्ने कार्यतालिका छ ।

नेतृत्वका लागि अहिलेसम्म पाँच जनामध्ये राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिइसकेका छन् । हाल अध्यक्षमा उम्मेदवार रहेका गुलावजंग शाह स्थायी कमिटी सदस्य यामलाल कँडेल समूहका हुन् भने मीनबहादुर शाही गोरख बोगटी समूहका हुन् । उनीहरु प्यानलसहित मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?