+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १४ गते १२:०४

१४ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक दिउँसो १२ः३० बजे बोलाइएको हो ।

बैठकमा सुन तस्करी छानबिन आयोगको कार्यादेश लगायतका विषयमा छलफल हुने स्रोतले बतायो । आज बिहान बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसहितको बैठकमा सुन तस्करी छानबिन आयोगको कार्यादेशमा सहमति जुटेको थियो ।

मन्त्रिपरिषद बैठकमा चाडबाडको मुखमा सरकारले अचाक्ली मूल्यवृद्धि गरेको भन्दै आलोचना भइरहेको विषयमा पनि छलफल हुनसक्ने बताइएको छ ।

आयल निगमले गएरातिदेखि लागू हुने गरी स्वचालित मूल्य प्रणालीको आधारमा खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँले, डिजेल–मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य बढाएको छ ।

प्रधानमन्त्रीको सचिवालयबाट जारी प्रेस नोटमा लेखिएको छ, ‘नेपाली जनताको कमजोर क्रयशक्ति, चाडबाड मुखैमा आएको अवस्थालाई ख्याल गर्दै सम्बन्धित निकायले सरकारको राजनैतिक नेतृत्वसँग परामर्श गरेर मात्र निर्णय गरिनुपर्नेमा त्यो नभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण भएको छ । यो विषयमा सम्बन्धित जिम्मेवार निकायलाई बोलाई छलफल गरी १२ः३० मा आकस्मिक मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?