+
+

शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेका छौं : शिक्षामन्त्री राई

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १४ गते १४:५८

१४ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयकमार्फत शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उक्त विधेयकबारे धारणा राख्दै मन्त्री राईले शिक्षकको पेशागत हकहितका लागि संगठित हुन शिक्षक महासंघको व्यवस्था विधेयकमा गरिएको तर कुनै दलमा आवद्ध हुन नपाउने जानकारी दिए ।

‘शिक्षकलाई राजनीतिबाट टाढा राख्नुपर्छ । मान्छेको व्यक्तिगत आस्था आफ्नो ठाउँमा छ । आस्थाका कारण पठन पाठनलाई प्रभावित पार्नुहुँदैन, शिक्षाको गुणस्तरलाई प्रभाव पार्नुहुदैन । उहाँहरुले कसैको सदस्यता लिएर, कसैका विरुद्ध, कसैका लागि भोट माग्ने काम गर्न हुँदैन भन्ने राखिएको छ’, शिक्षामन्त्री राईले भने ।

शिक्षामा योग्य व्यक्तिलाई ल्याउन राम्रो सेवा सुविधा दिनुपर्‍यो भन्ने विषयमा पनि संसदीय प्रक्रियामा विधेयकमा समावेश गर्न सकिने मन्त्री राईले बताए ।

विधेयकमा मातृभाषामा शिक्षा प्राप्त गर्ने, परम्परागत शिक्षालाई व्यवस्थित गर्ने लगायतका विषय पनि रहेको उनले बताए । शिक्षा विधेयक संसदमा पेश भएपछि यसमा संशोधन र परिमार्जनका प्रस्ताव र दफाबार छलफलबाट अझै समृद्ध बनाउन सकिने पनि मन्त्री राईको भनाइ छ ।

विद्यालय शिक्षा विधेयक आइतबार प्रतिनिधिसभामा दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?