+
+

राप्ती नदीमा बेपत्ता युवकको शव ३ दिनपछि भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते १२:१६

१५ असोज, दाङ । दाङको राप्ती नदीमा बगेर बेपत्ता भएका एक युवकको शव तीन दिनपछि फेला परेको छ ।

गत शुक्रबार दिउँसो बजे राप्ती नदीमा माछा मार्ने क्रममा बगेर बेपत्ता भएका राप्ती गाउँपालिका-३ मसुरीयाका ३७ वर्षीय रामचरण चौधरीको शव आइतबार राति फेला परेको हो ।

इलाका प्रहरी कार्यालय, भालुवाङ, सशस्त्र प्रहरी बल २९ नम्बर हेट क्वाटर ज्वालामाई गण भालुवाङको टोलीले खोजतलास गर्ने क्रममा आइतबार राति करिब २ बजे गढवा गाउँपालिका-१, जेठानगाउँको राप्ती नदीघाटमा चौधरीको शव फेला परेको गणका एसपी गोपाल श्रेष्ठले जानकारी दिए ।

चौधरीको शव पोष्टमार्टमका लागि घोराही पठाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?