+
+

एमाले कर्णालीको मतगणनास्थलमा तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते १५:०७

१५ असोज, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ ।

वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । मतगणनाका क्रममा अनेरास्ववियुका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

अधिवेशनको निर्वाचन समितिमा रहेका सत्य शाहीलाई मतगणनास्थलमा प्रवेश गर्न नदिएपछि शाही पक्षधरले सिटीहमा तोडफोडमा गरेका छन् । तोडफोडबाट सिटी हलका सिसा फुटेका छन् ।

सत्य शाही अनाधिकृत व्यक्ति रहेको र जवरजस्त मतगणना स्थलमा घुस्न खाजेपछि प्रहरीले नियन्त्रमा लिएर छोडेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

‘विद्यार्थी नेता सत्य शाही अनाधिकृत व्यक्ति मतगणनास्थलमा घुस्न खोजेपछि सामान्य विवाद भएको थियो । उनलाई हामीले नियन्त्रणमा लिई सम्झाइ बुझाइ गरेर छोडेका छौं,’ डीएसपी शाहीले भने ।

मतदानमा ६०९ मत खसेकोमा गणना गर्दा ६०५ मात्रै भेटिएपछि अनेरास्ववियुका नेता शाहीले बिरोध गरेका थिए ।

घटनापछि मतगणनास्थलमा थप प्रहरी परिचालन गरिएको छ । सुरक्षाव्यवस्था कडा पारिएको र मतगणना जारी रहेको डीएसपी शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?