+
+

सल्यानमा चितुवाको आक्रमणबाट ४ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते १६:३९
फाइल तस्वीर

१५ असोज, दाङ । सल्यानमा चितुवाको आक्रमणबाट चार जना घाइते भएका छन् ।

छत्रेश्वरी गाउँपालिका- ३ दोलीका ४० बर्षीया राजबहादुर केसी, ४० बर्षीया टेकबहादुर थापा, १६ बर्षीया छविलाल केसी र २७ बर्षीया भीमसेन थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

छत्रेश्वरी गाउँपालिका- ३ दोलीका ५२ बर्षीया पूर्णराज बिकले संचालन गरेको कुखुरा फार्मभित्र लुकेर बसेको चितुवाले सोमबार बिहान उनीहरुलाई आक्रमण गरेको हो ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार चितुवाले ३ वटा कुखुरा पनि मारेको थियो । त्यही हेर्न जानेक्रममा लुकेर बसेको बाघले मान्छेमाथि आक्रमण गरेको थियो ।

घाइतेहरुलाई सल्यान अस्पतालपछि थप उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पताल ल्याइएको छ । चितुवालाई नियन्त्रणमा लिन बाँके राष्ट्रिय निकुञ्जको टोलीलाई बोलाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?